क्रिकेट संघ तनहुँको अध्यक्षमा तिमिल्सिना
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला क्रिकेट संघ (क्यान) तनहुँको अध्यक्षमा मदन तिमिल्सिना निर्वाचित भएका छन ।
तनहुँको बन्दिपुरमा सोमबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा वाषिर्क साधारणसभाबाट तिमिल्सिनाको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनबाट संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, कोषाध्यक्षमा मनोजकुमार सुवर्णकार र सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज कार्की, नरेश केसी, मोहन गुरुङ र अतिशकुमार खड्का चयन भएका छन् ।










