६ लाख २५ हजार लागतमा गुणादीमा टाइगर पार्क
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीको वाघेटारिमा टाइगर पार्क निर्माण गरिएको छ। वाराही सामुदायिक वन उपभोक्ता समुहबाट निर्मित बाघेटारि वेलडाँडा गुणादीको हरितपार्क/टाइगर पार्कको डिभिजन वन कार्यलयका डिभिजन वन अधिकृत कोमल राज काफ्लेले एक कार्यक्रमका बिच उद्घाटन गरे । सामुदायिक वनको काम अत्यन्तै सराहनीय भएको भन्दै उनले सामुदायिक बनमा आबद्ध सबैको मिलेमतो र एकरूपताले नैँ जुनसुकै काम पनि गर्न सकिने बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का अध्यक्ष शिवसरण वाग्लेले वाराही सामुदायिक वनले गरेको काम उत्कृष्ट भएकोले नैं डिभिजन बन कार्यलयले सहयोग गरेको बताए । सामुदायिक बनका अध्यक्ष मुक्तिनाथ खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा विनोददत्त खनाल, पुष्पराज खनाल, वलभद्र वाग्ले, केशिमाया आले, थममाया विक, विनोद खनाल, मनोज रानाभाट, नरनाथ खनाल, बिजय राज खनाल, बिकास राज खनाल, देउमाया थापा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।

गाउँपालिकाका ७ वटै वडाका विभिन्न ठाउँहरूमा पर्यटकीय गन्तव्य स्थल बनाउने योजना अन्तर्गत बाघेटारिमा डिभिजन वन कार्यलयको ५ लाख रूपया सहयोग तथा वाराही सामुदायिक वन समुहको १ लाख २५ हजार रुपैयाँको लागतमा टाइगर पार्क निर्माण गरिएको बताइएको छ। पार्कसंगै मिनि रकक्लाइमिङ, मिनि चिडियाखाना, पिकनिक स्पोर्ट बनाउने वन अधिकृत पुस्पराज खनालले बताए।










