२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै (फोटोफिचर)

भञ्ज्याङ न्यूज

२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तनहुँका १० वटै पालिकामा बसोवास गर्ने आदिवासी जनजातिहरुले विविध कार्यक्रम गरी यो दिवस मनइरहेका छन् ।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्षदेशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।

नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ ।

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्षविशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँ र जिल्लाका १० वटै पालिकामा रहेका इकाईहरुले ‘पहिचान र अधिकारको सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी, बनौं, परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौ’ भन्ने नाराका कार्यक्रम गरिएको अध्यक्ष सुजित हिराचनले बताए ।

दिवसका अवसरमा आज बुधबार व्यास नगरपालिकाको दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, भानु नगरपालिकाको भानु र आबुँखैरेनीमा विविध कार्यक्रम गरिएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा र्’कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आहृवान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुइ कानजस्तो आकृतिले पृथ्वीलाई दुइपट्टबिाट घेरेको देखिन्छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker