जेनजी प्रदर्शन : तनहुँमा एमाले, कांग्रेस पार्टी कार्यालय र व्यास नगरपालिकामा तोडफोड, गाडी र मोटरसाइकलमा आगलागी

जेनजी आन्दोलनका युवाहरुले तनहुँको दमौलीस्थित नेपाली कांग्रेस र नेकपा एमाले तनहुँ कार्यालयमा ढुंगा प्रहार प्रहार गरेका छन् ।

काठमाडौमा १९ जना युवालाई सरकारले दमन गरेर हत्या गरेको भन्दै दमौलीमा युवाहरुले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

दमौलीमा मंगलबार बिहानैदेखि युवाहरु आन्दोलनमा उत्रिएका छन् जिल्ला प्रशासन कार्यालयले दमौली बजार क्षेत्रमा निषेधाज्ञ जारी गरेपनि युवाहरु सफासडकमा नारावाजी गर्दै हिडेका छन् ।

यस्तै, जेनजी आन्दोलनका युवाहरुले व्यास नगरपालिकामा तोडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाहरुले नगरपालिकामा तोडफोड गरेका छन भने त्यहाँ रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker