समाजमा व्याप्त छुवाछुत अन्त्यका लागि दलित समुदायको सामुदायिक होमस्टे

निशा थापा मगर/दमौली

ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टे (घरबास)ले महत्वपूर्ण भूमिका खेल्द छ । पर्यटन प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पछिल्ला केही वर्ष यता ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्ने क्रम पनि बढ्दै गएको छ । तनहुँको व्यास नगरपालिकाको वडा नं. १३ स्थित आँपस्वाराको सामुदायिक होमस्टेले भने अल्लि फरक भूमिका खेल्दै आएको छ ।

यहाँका १८ घर परिवार दलित समुदायले समाजमा व्याप्त छुवाछुत अन्त्यका लागि होमस्टे सञ्चालन गरेका छन् । २०७२ सालदेखि सञ्चालनमा आएको यो होमस्टे मुलुककै पहिलो दलित होमस्टे मात्रै होइन समाजमा नमुना समेत बन्दै गएको छ ।

रोजगारीका लागि भारत पसेका स्थानीय रेशम बि.क गाउँ फर्किएपछि गाउँमै होमस्टे चलाउने सोच ल्याए । गुरुङ, मगर, क्षेत्री, दलित लगायतका जातजातिको बसोबास रहेतापनि यस गाउँमा दलित समुदायको बाहुल्यता छ । छुवाछुतको अन्त्य र गाउँमै रोजगारीको अवसर सिर्जना गर्नका लागि दलित समुदायहरु एक जुट भएर २०७२ सालमा आँपस्वारा दलित समुदायिक होमस्टे सञ्चालन गरेको बि.कले बताए ।

२०६३ सालमा ‘छुवाछुतमुक्त राष्ट्र’ घोषण भएपनि सामाजमा अझैपनि अदृश्य तरिकाले छुवाछुत जस्तो कुकार्य कायम नै रहेको र यसलाई हटाउन नै होमस्टे सञ्चालन गरिएको उनको भनाई छ । ‘पहिले त दलितहरुले चलाएको होमस्टेमा पाहुँना आउने हुन कि होइनन्, पाहुँना आए उनीहरुलाई स्वागत् के कसरी गर्ने, के खाना दिने भन्ने जस्ता धेरै कुरामा अलमल भयो’, होमस्टेका अध्यक्ष समेत रहेका बि.कले भने, ‘पछि अतिथि सत्कार, खाना बनाउने लगायतका तालिमहरु लियौं । पहिला त विदेशी पाहुँनाको आगमन भयो । अहिले होमस्टेमा आएका विदेशी र स्वादेशी पाहुँनाको राम्रोसंग स्वागत् गरी गाउँ पनि घुमाउछौं ।’

गाउँमा होमस्टे सञ्चालन गरेसंगै विदेशी तथा स्वादेशी पाहुँनाको आगमन बढेको छ । होमस्टेका सचिव मनोज विश्वकर्माका अनुसार धेरैजसो अमेरिका, फ्रान्स, जर्मन, स्वीजरल्याण्ड, जापान, इन्डोनेसिया, अस्ट्रेलिया र फिनल्यान्ड लगायत १८ मुलुकका पर्यटकले आँपस्वारा दलित होमस्टेको भ्रमण गरिसकेका छन् । केही नेपाली पर्यटकहरु पनि आएका छन् ।

‘हालसम्म आठ सय बढि बिदेशी र दुइ सय बढि नेपाली पर्यटक होमस्टेमा आएका छन्’, उनले भने, ‘दलित गैरदलित सबै होमस्टेमा आएर एकै परिवार जसरी बस्नुहुन्छ । हामीले पकाएर दिएको सबै जातीले खानुहुन्छ । दलित भनेर छि छि दूरदूर गर्ने संस्कारभन्दा माथि आइसकेका छौं । हाम्रो समाज विस्तारै परिवर्तन हुँदै छ ।’

पहिले केही हुन्न, खर्चमात्र हो, होमस्टे सञ्चालन गर्नुभन्दा कृषि कर्म गरे राम्रो भनि अनेक कुरा गर्ने छिमेकीहरु अहिले होमस्टेका कारण गाउँमा आएको परिवर्तनले छक्क छन् । होमस्टेका कारण गाउँमा पर्यटकहरुको चहलपहल पनि बढेको छ । पछिल्लो समयभने कोरोना संक्रमणका कारण पर्यटकको आगमन घटेको सचिव विश्वकर्माले बताए ।

गाउँमा होमस्टे सञ्चालन गरेसंगै स्थानीयले गाउँघर सफा सुग्घर राख्न, बारीमा सागतरकारी लगाउन, आँगनमा फलफूल रोप्न थालेका छन्। होमस्टेमा आउने पाहुँना गाउँमै उत्पादन हुने अर्गानिक खाना खुवाउने होमस्टे सञ्चालक देवि सुनारले बताइन् ।

‘गाउँमा पर्यटक आउन थालेदेखि गाउँको उत्पादन गाउँमै खपत भएको छ’, उनले भनिन्, ‘हरिया सागसब्जिदेखि मासुसम्म बजारबाट ल्याउन परेको छैन । आफ्नो घरमा छैन भने छिमेकबाट किनेर ल्याउने गरेका छौं । होमस्टेले सबै जातजाति प्रति हेर्ने दृष्टिकोण समान बनाउनुका साथै गाउँको उत्पादन गाउँमै खपत गर्न सहयोग गरेको छ ।’

यस्तै, होमस्टे सञ्चालन ल्याएसंगै गाउँमा पर्यटकको आगमन र आम्दानी मात्रै नभई महिलाहरुमा नेतृत्व विकास पनि भएको होमस्टे सञ्चालक मधुमाया बि.कले बताइन्। ‘पहिले हामी दुइचार जना मान्छेका अगाडि बोल्न पनि डराउथ्यौं’, उनले भनिन्, ‘होमस्टे सञ्चालन गरेसंगै विभिन्न तालिमहरु लियौं, धेरैजसो समय पहुँनाहरुसंगै बित्ने हुँदा अहिले त गाउँमा जोकोही आएपनि निडर भएर बोल्न र गाउँको बारेमा भन्न सक्ने भएका छौं ।’

पाहुँना नआएको समयमा खेतबारीमा व्यस्थ हुने मधुमाया होमस्टेमा पाहुँना आएको समयमा पाहुँनाको सत्कारमा बिताउने बताउँछिन् । आँपस्वारामा १८ वटा घरमा होमस्टे चलाइएको छ । एक पटकमा करिव ५० जना पाहुँना राख्नसक्ने होमस्टेको क्षमता छ ।

प्रकृति र ग्रामीण वातावरणसंग रमाउँदै दलित समुदायको संस्कृति, रहनसहन अध्ययन तथा अवलोकनका लागि आँपस्वारा आकर्षक गन्तव्य हो । साग, गुन्द्रुक, सिस्नो, ढिंडो, भुटेको मकै, भटमास, निउरो, कोदोको रोटी लगायतका स्थानीय उत्पादनको स्वाद चाँख्दै यस होमस्टेबाट मनास्लु, अन्नपूर्ण हिमशृंखलाको साथै सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker