व्यास क्षेत्रमा एक महिने हिन्दू महामिलन पर्व

व्यास क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि एक महिने हिन्दुी महामिलन पर्व सञ्चालन गरिने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व गर्न लागिएको हो।

यही कात्तिक १ गतेदेखि ३० गतेसम्म हिन्दू महामिलन पर्व सञ्चालन गर्ने प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले विहीकार पत्रकार सम्मेलनमा जानकारी गराए । कात्तिक १ गते नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ डा. भक्त राइको उपस्थितिामा पर्व शुभारम्भ गर्ने तयारी भएको उपाध्यक्ष अधिकारीले बताए ।

व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरुको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सर्ंर्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने भएको छ । उक्त कार्यक्रममा कात्तिक १६ गते संस्कृति विद डा. जगमान गुरुङ, कात्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी १००८ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए ।

यस्तै, उक्त पर्वको अवसरमा मित्रराष्ट्र भारतबाट एक सय आठ जना साधुहरुको समेत उपस्थिति रहने बताइएको छ । एक महिनासम्म ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध, शिख र जैनलाई एकै ठाउँमा भेला गर्राई धार्मिक अनुष्ठान र प्रवचन गरिने भएको छ ।

व्यासका अध्येता काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म भित्र ओमकार परिवारको एकता आवश्यक रहेको बताउँदै हिन्दू, बौद्ध, शिख र जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय भएको चर्चा गरे । यस प्रकारका कार्यक्रमले व्यास क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको प्रतिष्ठानका सल्लाहकार तारा प्रसाद श्रेष्ठले बताए । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको उनको गुनासो थियो ।

बिगत सात वर्षदेखि निरन्तर एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व आयोजना गर्दै आइएको छ । व्यासभूमिलाई विश्वभर परिचित गराउन, धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र निर्माणाधिन १०८ फिट अग्लो व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणमा थप टेवा पुग्ने आयोजक विश्वास गरेको छ ।

व्यास क्षेत्रमा व्यास गुफा रहेको र त्यहाँ बसेर व्यास ऋषिले चारवेद, अठार पुराणको रचना गरेको बताइन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा रहेको छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पुग्न सकिन्छ ।

व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । वि.सं. २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धार्मिकसभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री संगम भएको भनाई व्यक्त गरेका थिए ।

करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसंगमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker