जिप घरमा ठोकिदा ६ जनाको मृत्यु, १ जना गम्भिर घाइते

नवलपरासी : पूर्वी नवलपरासीको देवचुली नगरपालिका-८ मुण्डेमा ग१ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको निधन भएको छ ।

बुलिङ्गटार पहाडी क्षेत्रबाट दलदले आउँदै गरेको जिप आज करिब ११:३० बजेको समयमा देवचुली-८ मुण्डे यस मोडमा एक्कासी घरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी ३ जना महिला र ३ जना पुरूषको निधन भएको छ भने १ जना पुरूष गम्भिर घाइते भएका छन् ।

जिपमा ३ जना महिला र ४ जना पुरूष सवार थिए । मृतक र र्घाईतेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

गम्भीर घाइतेको उपचारको लागि चितवन पर्ठाईएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker