४/९ गोरखा राइफल्स (चिन्डित) तनहुँको अध्यक्षमा मल्ल

भञ्ज्याङन्यूज

४/९ गोरखा राइफल्स (चिन्डित) भू.पू. परिवार तनहुँको भेलाले दोश्रो कार्यकालका लागि ह. चुडालाल मल्ल (शिव) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्ष सु. धन बहादुर क्षेत्री, सचिव ह. धन बहादुर महत, कोषाध्यक्ष ह. शिवलाल श्रेष्ठ, सह-सचितवमा ह. हरि बहादुर थापा चयन भएका छन् भने सदस्यहरुमा ह. शेर बहादुर थापा, ह. विर बहादुर थापा, ह. पुपल बहादुर थापा, ह. भक्त बहादुर बस्नेत, ह. ज्ञानेन्द्र भण्डारी, ह. गुन बहादुर बानिय चयन भएका छन् ।

१२ डिसेम्बर ‘शान्ताराम डे’को अवसरमा आयोजित भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ४/९ गोरखा राइफल्स (चिन्डित) पल्टनका ना.सु. मोहोन बहादुर अधिकारीले १२ डिसेम्बर शान्ताराम डेको महत्वका विषयमा चर्चा गरेका थिए ।

संस्थापक अध्यक्ष ह. चुडालाल मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा ह. सेर बहादुर थापा, सु. बसन्त बानिया, ह. नारायण बहादुर क्षेत्री, सु.मे. चेत बहादुर थापा, क्या ध्रुव रानाभाट लगायतका वक्ताहरुले आफुहरु भू.पू. भएतापनि हामी तनहुँ चिन्डित परिवार एक हुनुपर्ने र तनहुँ जिल्ला भरि छरिएर रहेकाहरुलाई एकीकृत गर्दै देखिएका समस्यालाई निवारण गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker