शिक्षासहित ३ विधेयक जारी अधिवेशनबाटै पारित गर्ने सरकारको नीति-तथा कार्यक्रममै ग्यारेन्टी

काठमाडौं । सरकारले जारी बजेट अधिवेशनबाटै ३ वटा विधेयक पारित गर्ने ग्यारेन्टी गरेको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसै अधिवेशननबाट शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र भूमिसम्बन्धी विधेयक पारित गर्ने घोषणा गरे ।

शिक्षक महासंघसँग ९ बुँदे सहमिसँगै सरकार र गठबन्धन दलहरूले आउँदो असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता लिखित प्रतिवद्धता जनाइसकेका छन् । अहिले यो विधेयक संसदीय उपसमितिमा छलफल भइरहेको छ ।

उपसमितिलाई दिइएको ३५ दिनको सीमा यही वैशाख २१ मा सकिँदैछ । तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी दिनरात नभनी काम समिति संयोजक छविलाल विश्वकर्माले बताउँदै आएका छन् ।

राष्ट्रपति पौडेलले संघीय निजामती सेवा विधेयक पनि यसै अधिवेशनबाट पारित गर्ने बताए । यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ । उक्त समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वको संयोजकत्वमा गठित उपसमितिले विधेयकमाथीको दफाबार छलफल गरेर प्रतिवेदन समितिलाई बुझाइसकेको छ ।

‘विधेयकमा कुलिङ पिरियड’ एक वर्ष राख्ने कि २ वर्ष राख्ने भन्ने विषयमा अड्केपछि प्रतिनिधिसभामा पेश हुन सकेको छैन ।

त्यस्तै भूमि विधेयक पनि जारी अधिवेशनबाटै पारित गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । सरकारले यसअघि भूमि अध्यादेश जारी गरेकोमा सत्ताघटक दलहरूबीच सहमति नजुट्दा निष्क्रिय भएको थियो ।

राष्ट्रियसभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले ५ अध्यादेश पारित गरेर भूमि अध्यादेश निष्क्रिय बनाउन सहमति गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker