तनहुँमा चितुवा आतंक : दिउँसै घरको आँगनमा खेलिरहेका बालकको चितुवा आक्रमणबाट ज्यान गयो

तनहुँमा चितुवा आतंक अझै रोकिन सकेको छैन । पछिल्लो केही महिना सुस्ताएको चितुवा आतंक पुनः बढ्न थालेको छ । आज दिउँसो करिब ४:१५ बजेको समयमा घरको आँगनमा खेल्दै गरेका एक बालकलाई चितुवाले आक्रमण गर्दै ज्यान गएको छ ।

बन्दिपुर गाउँपालिका-१ बोडीस्वाँराका प्रेम बगलोका पाँच वर्षीय छोरा सुप्रिम बगालेको चितुवा आक्रमण परि ज्यान गएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनले भने, ‘दिदीबहिनीसंगै घरको आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको रहेछ।’

चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुइ सय मिटर माथी छपेली सामुदायिक वनमा फेला परेको थियो । घर नजिकै बालककी आमा पनि काम गरिरहेको र संगै खेलिरहेका दिदीबहिनीहरु रुन कराउन थालेपछि छिमेकीहरु पिछा गर्दै जाँदा घर माथी जंगलमा बालक मृत अवस्थामा भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले भने, ‘चितुवाको आक्रमणमा परेको थाहा पाउने बित्तिकै हामी खोज्दै आउँदा जंगलमा मृत अवस्थामा भेटेका छौ । बालकको घाँटीमा चितुवाले आक्रमण गरेको छ, उनको कट्टु घर भन्द केही पर झाँडीमा भेटिएको थियो ।’

यस्तै, केही दिनयता बन्दिपुरमा चितुवाको आतंक बढेको छ । गत शनिबार साँझ र आइतबार बिहान चितुवाको आक्रमणबाट बन्दिपुर-१ र ४ मा दुइ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट दुइ जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ ।

वि.सं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १६ जना चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker