बन्दीपुरमा बजार अनुगमन

भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले पालिकाभित्रका बजार क्षेत्रमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायतको अनुगमन गरेको छ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको बिषयमा अनुगमन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक पञ्चमाँया गुरुङको नेतृत्वमा विहीबार वडा नं. १ स्थित डुम्रेबजारमा अनुगमन गरेको हो ।

ब्यवसायीहरुले अखाद्य बस्तुहरु बिक्री गरेको, आवश्यक प्रक्रियानै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नवीकरण नगरको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाँया गुरुङले बताइन् । अनुगमनका क्रममा मिठाइ, मसला, जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले उक्त वस्तु जफत गरेको उनले बताइन् । अनुगनलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने उनले बताइन् ।

चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि बजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको उनले बताइन् । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे-नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ ।

सर्वसाधारणको गुनासो आएपछि वडा नं. १ मा रहेका विभिन्न २७ वटा मिठाइ पसल, किराना पसल लगायतमा अनुगमनका गरिएको थियो । यस अघि पनि डुम्रेबजारका केही पसलहरुलाई जरिबाना गरिएको थियो । बजार अनुगमनमा वडा नं. १ र ४ का जनप्रतिनिधि, राजश्व प्रमुख दिनेश पौडेल, उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष हेमलाल भि.के., प्रहरी चौकी डुम्रेका प्रहरीको समेतको टोली सहभागि थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker