व्यास नगरपालिकाका ज्येष्ठ नागरिकको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

दमौली : तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित निःशुल्क आँखा परीक्षण तथा उपचार कार्यक्रमअन्तर्गत मोतियाबिन्दु पहिचान भएका १३ जना ज्येष्ठ नागरिकको निःशुल्क मोतियाविन्दु शल्यक्रिया गरिएको छ । मोतियाविन्दु पहिचान भएका ज्येष्ठ नागरिकको पोखरास्थित हिमालय आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको हो ।
व्यास नगरपालिका–१ स्थित चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा सहभागी सेवाग्राहीमध्ये मोतियाबिन्दुको समस्या देखिएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि रेफर गरिएको थियो । त्यसअनुसार उनीहरूको पोखरास्थित अस्पतालमा सफलतापूर्वक निःशुल्क शल्यक्रिया सम्पन्न भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी गराए ।
आँखाको उपचारमा आर्थिक अभाव र पहुँचको कठिनाइका कारण समस्या झेलिरहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरूको दृष्टि सुधार गर्न मात्र होइन, दैनिक जीवनलाई सहज बनाउन पनि महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।
नगरपालिकाले समुदायस्तरमै आँखा रोगको समयमै पहिचान, परामर्श र उपचार सेवा विस्तार गर्ने उद्देश्यले यस्ता शिविर सञ्चालन गर्दै आएको छ । स्वास्थ्य शाखाका अनुसार नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारले मोतियाबिन्दुका कारण हुन सक्ने दृष्टि गुम्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
नगर स्वास्थ्य शाखाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न निःशुल्क तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजनामा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker