गण्डकी प्रदेश सरकारका दुइ मन्त्री बर्खास्त

भञ्ज्याङ समाचारदाता/गण्डकी

गण्डकी प्रदेश सरकारका दुइ मन्त्री बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी -माओवादी केन्द्र)बाट सरकारमा सहभागी बन्नुभएका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।

मन्त्रीद्वयले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफरिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गर्नुभएको उल्लेख गरेको छ ।

सूचना अधिकारी प्रमिला गौतमले जारी गर्नुभएको विज्ञप्तिमा कार्यविभाजनअनुसार मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा याताय व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

सरस्वती अर्याल (तिवारी)लाई ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जितप्रकाश आले मगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो । केन्द्रमा यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा (एमाले) सहितको नयाँ गठबन्धन भई सानो आकारको मन्त्रिमण्डल गठन भइसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker