तनहुँको शुक्लागण्डकीमा ‘शुक्लागण्डकी गणित शिक्षा परिषद’ गठन

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्लागण्डकी गणित शिक्षा परिषद गठन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाका गणित विषय शिक्षकहरुको शुक्रबार सम्पन्न भेलाले पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र लम्सालको अध्यक्षतामा गणित शिक्षा परिषद गठन गरिएको हो ।

गणित शिक्षा परिषद तनहुँका केन्द्रीय प्रतिनिधि ठाकुर प्रसाद खनालको संयोजकत्वमा आयोजित भेलाले परिषद्को उपाध्यक्षमा सरस्वती नमूना माविका शिक्षक विनोद वाग्ले, सचिवमा हंसबाहिनी माविका शिक्षक सुमनराज अधिकारी, सहसचिवमा पञ्चमुनिदेव माविका शिक्षक तोयानाथ सुवेदी, कोषाध्यक्षमा गाउँफर्कोदय माविका शिक्षक कल्पना कुमाललाई चयन गरिएको छ ।

यस्तै, परिषदको सदस्यहरुमा आधारभूत माविका शिक्षक भिमप्रसाद वाग्ले, तालवेशी माविका शिक्षक भूपति चापागाई, दविश माविका शिक्षक लक्ष्मी आचार्य, खैरेनी माविका शिक्षक विजय वंशी ठकुरी, कुश्मावती आधारभूत विद्यालयका शिक्षक अस्मिता श्रेष्ठ, सरस्वती माविका शिक्षक चन्द्रकान्त अधिकारी रहेका छन् ।

परिषद्का सल्लाहाकार सदस्यहरुमा डिल्लिराज लामिछाने, मकर सिं राना, राजन खनाल, सञ्जिव श्रेष्ठ, दीपक भण्डारी, शिवराज अधिकारी, रमेश सुवेदी रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker