व्यास नगरपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र

व्यास नगरपालिकाको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ। स्थानीयवासीसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानूनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाई अधिकांश मिलापत्र गरिएको न्यायिक समिति संयोजक मीरा जोशीले जानकारी दिनुभयो ।

बाटो विवादपछि धेरै उजुरी माना चामलसम्बन्धी छन् । गत आर्थिक वर्षमा परेका २३ उजुरीमध्ये छ वटा बाटो विवादसम्बन्धी र माना चामलसम्बन्धी पाँच उजुरी परेको संयोजक जोशीले बताउनुभयो ।

सामुदायिक, सरकारी तथा सार्वजानिक जग्गामा व्यक्तिगत प्रयोजनका लागि बाटो अतिक्रमण रोकेर संरक्षण गर्नाका साथै बाटालाई समेत निकास गरिएको छ । श्रीमान्श्रीमतीबीच झगडा भई मानाचामलका लागि परेको उजुरीमा पनि पक्ष र विपक्ष बोलाई मेलमिलापद्वारा समस्या समाधान गरिएको समितिले जनाएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा जिम्मेवारी सरिआएका ११ मुद्दामध्ये सात फछ्र्र्योट गरी चार बाँकी रहेका प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार ०७६÷०७७ मा दर्ता भएका २३ मध्ये १४ फछ्र्यौट भई नौ बाँकी छन् । आर्थिक वर्ष ०७७÷०७८ मा जिम्मेवारी सरिआएका मुद्दाको सङ्ख्या १३ छ ।

ठेकदारले ज्याला नदिएका जस्ता उजुरीलाई पनि मिलापत्र गराएर मजदुरलाई ज्याला दिलाइएको छ । उहाँले भन्नुभयो, “मजदुरले ज्याला नपाएका बेला मिलापत्र गराएर ज्याला दिलाउँदा न्यायिक सम्पादन भएको महसुस भएको छ ।”

कानूनी कठिनाइ आएका विषयमा सहजीकरणका लागि अधिवक्ता यज्ञ रानालाई कानूनी सल्लाहकार राखिएको सो समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक जोशीसहित न्यायिक समिति कृष्णदेवी खनाल र लक्ष्मी परियार गरी तीन सदस्यीय छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker