भिरबाट खसि मजदुरको मृत्यु, सशस्त्र प्रहरीद्बारा भिरमा अड्केको शव उद्बार

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ जिमिरेस्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुरको बिहीबार भिरबाट खसेर मृत्यु भएको छ । हाइड्रोवारमा काम गर्ने क्रममा भिरबाट अन्दाजी ३०० मिटर तल खस्न गइ मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका–२ वतन भएका मजदुर ५० वर्षीय याम बहादुर थापाको रहेको सशस्त्र प्रहरीले जनाउको छ । भिरमा अड्केको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीबाट खटि गएको विशेष विपद् उद्दार टोलिले निकालेको छ । शबको पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको जानकारी गराइएको छ ।










