तनहुँको छिर्कनेमा डिभाइडरमा ठोक्कियो यात्रुवाहक हाईस, ८ जना घाइते

दमौली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा आज अपराह्न यात्रुवाहक हाईस डिभाइडरमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न करिब ४:२५ बजे काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। हाईसमा सवार १२ जनामध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको लक्ष्मी अस्पताल, डुम्रे र २ जनाको प्रदेश अस्पताल, दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने दुई जनाको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरू:
रमेश क्षेत्री (३२), खजुरा–२, बाँके — घाँटी, ढाड र दाहिने हातमा चोट (मध्यम)
शशीकला अधिकारी (५६), नागार्जुन–१, काठमाडौं — घाँटी र कम्मामा चोट (मध्यम)
दयाराम पोखरेल (५५), पोखरा–११, कास्की — दाहिने हातमा चोट (सामान्य)
तारा सुब्बा (३५), भद्रपुर–१, झापा — ढाड र कम्मरमा चोट (सामान्य)
नवीन खड्का (२७), डुङ्गेश्वर–२, दैलेख — ढाडमा चोट (सामान्य)
उज्वल यादव (१७), खडक नगरपालिका–४, सप्तरी — सामान्य चोट
माधवप्रसाद जोशी (२९), जयपृथ्वी नगरपालिका–२, बझाङ — सामान्य चोट
जीवन जोशी (२४), बित्थडचिर गाउँपालिका–८, बझाङ — सामान्य चोट
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको










