निर्मल माविमा पूर्व विद्यार्थीद्वारा एक लाख ४१ हजारको अक्षयकोष स्थापना

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेको छ । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यसहित पूर्व विद्यार्थीहरुले रु एक लाख ४१ हजार छ सयको अक्षयकोष स्थापना गरेका हुन् ।

विसं २०५३ मा प्रवेश गरी विसं २०५८ सम्म अध्ययनरत विद्यार्थीहरुबाट रकम संकलन गरी उक्त अक्षयकोष स्थापना गरिएको विद्यालयका पूर्व विद्यार्थी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उक्त रकम आज विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई निर्मल मावि एल्मुनाइका अध्यक्ष नारायण कोइराला र पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

पाण्डेले भने, “विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको पढाइमा सहयोग गर्न छात्रवृत्ति वितरण स्वरुप अक्षयकोष स्थापनाका लागि सहयोग गरेका हौ ।” विद्यालयका प्रधानाध्यापक बस्नेतले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker