भूमि आयोग तनहुँमा तीन सदस्य नियुक्त

दमौली : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोग तनहुँमा तीन जना सदस्यलाई नियुक्त गरेका छन् ।
मन्त्रालयका मन्त्री बलराम अधिकारीले आयोगको विज्ञ सदस्यमा नेकपा (एमाले) का नेता श्रीराम कार्कीलाई नियुक्त गरेका छन् भने सदस्यहरुमा नेकपा (एमाले) कै रामचन्द्र उपाध्याय र महिला सदस्यमा नेपाली कांग्रेसकी आशा थापालाई नियुक्त गरिएको छ ।
यस्तै आयोगको अध्यक्षमा यस अघिनै नेपाली कांग्रेसका गोविन्द सिलवाल नियुक्त गरिएको छ ।