कृषि सहकारी संघ तनहुँको आठौं साधारण सभा सम्पन्न
- भञ्ज्याङ समाचारदाता (दमौली)
कृषि सहकारी संघ तनहुँको आठौ साधारण सभा तथा चौथों महाधिवेशनबाट विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, महासचिव गणेश भण्डारी, सचिव विष्णु माया पौडेल, कोषाध्यक्ष लालबहादुर पन्थ, सदस्यहरुमा टिकाराम लामिछाने, भानु चापागाइ, इन्द्र बहादुर गुरुङ, सिता घिमिरे, बुद्धी माया सारु, जिमबहादुर रानामगर, लेखा तथा अनुगमन समिति लेखा संयोजकमा मित्र प्रसाद न्यौपाने, सदस्यहरु तिर्थ लाल श्रेष्ठ, एल.पि. पण्डित चयन भएका छन् ।
त्यस्तै, उक्त सहकारीका अध्यक्ष रामजी लौडारीको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले कृषि सहकारीलाई भावी कार्यको लागि शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, संघका उपाध्यक्ष सुर्यभक्त भण्डारी, उन्नती कृषि संघ संस्था शुक्लागण्डकीका गोविन्द केसी, तनहुँ बचत तथा ऋण सहकारी संघका अध्यक्ष देवि बहादुर बस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक उपेन्द्र दाहाल, सल्लाहकार नारायण खनाल, वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाल तिवारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संघका महा-सचिव विष्णु कुमार श्रेष्ठले आर्थिक तथा कृषि प्रगति भावि कार्य योजना सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।










