ऋषिङका चार जना अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

तनहुँको ऋषिङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ। अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहयोग पुर्याउन सहायता सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएर जीवनस्तरमा सुधार ल्याउने गाउँपालिकाको उद्देश्य हो ।’
गाउँपालिकाले चार जना अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गरेको सूचना प्रविधि अधिकृत सौगात तिमिल्सनाले जानकारी दिए। उनका अनुसार दुइ वटा सेतो छडी, एउटा हृवीलचेयर र एउटा शौचालय कुर्सी प्रदान गरिएको छ ।

यस्तै, गाउँपालिकाको योजना अनुसार सम्बन्धित वडाबाट सिफारिस भएर आएपछि दुइ सेट वैसाखी, तीन सेट श्रवण यान्त्र, एउटा हृवीलचेयर लगायतका थप सामाग्रीहरु उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले जानकारी गराए ।

गाउँपालिकाको यो प्रयासले समावेशीताप्रतिको प्रतिवद्धता र सबैको आवश्यक स्रोतसाधनमा पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता पुरा गर्ने उनले बताए।










