स्ववियु निर्वाचन : आदिकवी क्याम्पसविरुद्ध परमादेश मुद्दा, विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आदेश

तनहुँ : स्ववियु निर्वाचन प्रक्रियामा धाधली भएको भन्दै उच्च अदालत पोखरामा आदिकवि भानुभक्त क्याम्पस तनहुँविरुद्ध दायर परमादेशसम्बन्धी मुद्दामा उच्च अदालतको इजलासले विपक्षीलाई लिखित जवाफ दिन १५ दिनको समय दिएको छ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले निवेदक सबिन लामिछानेसहितले दायर गरेको निवेदनका आधारमा प्रारम्भिक अध्ययनपछि विपक्षीलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

निवेदकको तर्फबाट अधिवक्ताद्वय कमल प्रसाद अर्याल र प्रदीप अधिकारीले बहस गरेका थिए। विपक्षी पक्षले आदेश जारी गर्नु नपर्ने कुनै कानूनी आधार भए स्पष्ट पार्दै लिखित जवाफ दिनुपर्नेछ।

यसैबीच, अन्तरिम आदेश माग भए पनि मुद्दाको अन्तिम निरुपणसँग सम्बन्धित विषय भएकाले हाललाई अन्तरिम आदेश जारी नगर्ने निर्णय अदालतले गरेको छ। विपक्षीको लिखित जवाफपछि अदालतले थप सुनुवाइ गर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker