राष्ट्रपतिको कुर्सी गुमाएपछि कांग्रेस नेता पौडेललाई गृह जिल्लामा गुन्द्री उपहार

भञ्ज्याङ न्यूज

मुखैमा आएको राष्ट्रपति पद गुमाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा मतदाताले गुन्द्री उपहार दिएका छन् ।

पाँच दलीय गठबन्धन भत्किएपछि मुखैमा आएको राष्ट्रपति पद गुमेर सबैभन्दा रनाहामा परेका पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका हुन् ।

तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर-६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर स्वागत गरेका हुन् ।

स्थानीय मिलिजुली युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आइपुगेका पौडेलले यो गठबन्धन पनि कुनै पनि बेला भंग हुन सक्ने बताएका थिए ।

जीवनमा एक पटक प्रधानमन्त्री बन्ने लक्ष्य पूरा नभए पनि यस पटक गठबन्धनबाट राष्ट्रपति बन्ने कसरतमा थिए पौडेल ।

उनले गठबन्धन टुट्न नदिन अन्तिमसम्म प्रयास गरेका थिए । गठबन्धन टुटेपछि सबै सपना भताभुङ्ग भएको टिप्पणी पौडेलले गरेका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker