तनहुँको ऋषिङ-१, झापुटारका बासिन्दाको खानेपानी समस्या समाधान

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा खानेपानीको समस्या हटेको छ । विगत दुइ महिनादेखि एक सय १४० मेगावट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य प्रभावित क्षेत्रको रूपमा रहेको झापुटार र बेलटारका बासिन्दाले खानेपानीको अभावमा चर्को समस्या भोग्दै आएका थिए। तनहुँ जलविद्युत् आयोजनाको सक्रियतामा अवरुद्ध हुँदै आएको खानेपानी सञ्चालनमा गरिएको हो ।

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या झेल्दै आएका झापुटारवासी मंगलबारदेखि भने खुशी भएका छन् । लामो समयपछि धारामा पानी आउँदा खुशी लागेको स्थानीय कालीमाया थापाले बताए। “करिब ‘एक/डेढ घण्टा लगाएर पाटन, बन्चरेलगायत स्थानमा पुगेर पानी लिन जानु पर्ने बाध्यता थियो”, उनले भने, “दशैँमा पानीको जोहो गर्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर धारामा पानी आएसँगै खुशी लागेको छ ।”

आयोजनाले अवरुद्ध बनेको खानेपानी सञ्चालन गरिदिएपछि स्थानीयवासीमा खुशीको सीमा रहेको छैन । विगत लामो समयदेखि धारामा पानी नआउँदा यसपालिको दशैँमा पानी बोकेरै जाने भयो भन्ने सोचेकी थिएँ तर धारामा पानी आएपछि त्यो चिन्ता हटेको अर्का स्थानीय रेखा सिञ्जाली मगरले बताइन् ।

झापुटारमा निर्माणाधीन आयोजनाले सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको थियो। यसबाट करिब ५०० घरधुरीले खानेपानीको समस्या भोग्दै आएका थिए। “बस्तीदेखि करिब दुइ किलोमिटर दूरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको करिब २०० मिटर पाइपमा क्षति हुँदा स्थानीयवासीले खानेपानीको समस्या भोग्नुपरेको जीविकोपार्जन विज्ञ दीपेन्द्र शाहीले बताए ।

“खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई टयाङ्करको माध्यमबाट पानी वितरण गरे पनि पर्याप्त मात्रामा पुर्‍याउन सकेका थिएनौँ”, उनलेभ ने, “निरन्तर प्रयासका कारण दशैँ अगावै प्रभावित क्षेत्रका झापुटार र बेलटारवासीको खानेपानी समस्या समाधान गर्न सफल भएका छौं ।”

आयोजनालाई पटक-पटक स्थानीयवासीले खानेपानी समस्याका बारेमा दबाब दिएपछि धारामा पानी आएको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए । “हामीले आयोजनासमक्ष धेरै माग राखेका छौं”, उनले भने, “हाम्रा माग क्रमशः पूरा नभए आन्दोलन गर्न पछि हट्ने छैनौं ।” आयोजना प्रभावित क्षेत्रका बासिन्दाले राखेका माग जायज रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए । एकैचोटी धेरै माग राखेको हुँदा प्राथामिकताको आधारमा पूरा गर्दै जाने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker