लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादीको निर्माण कार्य ६५ प्रतिशत

लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादीजलविद्युत् आयोजनाको निर्माण कार्य हालसम्म ६५ प्रतिशसत सम्पन्न भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मर्स्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित्रमा सम्पन्न गर्नुपर्ने भएपनि काम भने हालसम्म उक्त प्रतिसत मात्र सम्पन्न गरेको हो ।
यस आयोजना दुइ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गर्दै अघि बढेको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको यस आयोजना कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लागेको, कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्या लगायतले निर्माण कार्यमा ढिलाई हुँदा अझै ३५ प्रतिशत निर्माण कार्य बाँकी रहेको बताए ।
आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुइ वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नु पर्ने समय करिब डेढ महिना मात्र बाँकी छ । निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि आगामी वि.सं. २०८२ असोज महिनाभित्रमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रवन्धक निर्देशक गुरुङको भनाई छ ।
२२० केभी प्रसारण लाईनको टान्मिसन लाईन सम्पन्न नभएका कारणले पनि निर्माणमा ढिलाई भएको र सो निर्माण हुने समयमा आयोजनाको काम सबै सम्पन्न गर्दै विजुली उत्पादन गर्ने गरी अघि बढिरहेको आयोजना प्रबन्धक निर्देशक गुरुङले बताए । उनले यसरी आयोजनाको निर्माण कार्य लम्बिदा नियमित भार पर्छ नै त्यसको बाबजुत नै करिब ७ अर्ब लागत्तको लक्ष्यमै निर्माण सम्पन्न गरिने बताए । हालसम्म यस आयोजनाको विद्युत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ भने, विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने कार्य, ६ हजार ८०० किलोमिटरको सुरुङमार्गमध्ये पाँच हजार ६०० किलोमिटर टनेलको सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।
त्यस्तै, भूमिगत पावर हाउसको खन्ने, सुरुङका लागि २ वटा अडिट टनेलसहित ५०० मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेको छ । साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पेनस्टक, अन्टरग्राउड, पावर हाउसको काम ८० प्रतिशत सम्पन्न छ । सिभिलको कामहरु अन्डरग्राउड टनेल खन्ने काम, पावर हाउसको खन्डर ग्राउण्ड खन्ने काम, मुख्य सुरुङ खन्ने कार्य, इलोटोकमेकाइनिकल लगायतको काम यतिबेला त्रिब रुपमा भइरहेको छ ।
हाई हिमालय र जि एण्ड जि इनफरा प्रालिले निर्माण गरिरहेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) १ अर्ब ७५ करोड रुपैयाँ रहनेछ । उक्त बैंक एवं वित्तिय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । करिब ७ अर्ब रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युतगृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गर्ने भएको छ ।










