एमालेका उम्मेदवारहरु मतदाता भेटघाटलाई तीव्र बनाउँदै

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै नेकपा एमालेका उम्मेदवारहरु मतदाताको घरदैलामा पुगि भेटघाटलाई तीब्रता दिन थालेका छन् । तनहुँको दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका उम्मेदवारहरु अहिले मतदाताको घरदैलोमा पुगेका छन् ।

निर्वाचन सम्पर्क कार्यालय सञ्चालन गर्ने, पार्टीको क्षेत्रीय, नगर/गाउँ कमिटी तथा वडा कमिटीको बैठक बसि चुनावी एजेण्डा तयार गर्नु एमालेका नेता तथा कार्यकर्ता व्यस्थ हुन थालेका छन ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार एक बहादुर राना, प्रदेशसभा १ का उम्मेदवार रामबहादुर गुरुङ र २ का उम्मेदवार पूर्णबहादुर गुरुङ यतिबेला घरदैलोमा पुगि आफ्नो चुनावी एजेण्डा र प्रतिवद्धतामा मतदातालाई बुझाउँदै आ-आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्न थालेका छन् ।

तनहुँ-२ का नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङ मतदाताको घरआँगनमा । तस्विर : भञ्ज्याङ

यस्तै, तनहुँ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण गुरुङ, प्रदेशसभा १ का उम्मेदवार श्यामराज महत र २ का उम्मेदवार केदार सिग्देल पनि आ-आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले निर्वाचन क्षेत्रमा मतदाता भेटघाटलाई तीव्र बनाउँदै एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री समेत रहेका गुरुङले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै मंसिर ४ गते हुने निर्वाचनका लागि आफूलाई विजयी गराउन आग्रह गरेका छन् ।

गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा एमालेको नेतृत्वमा धेरै विकास निर्माणका काम भएको र त्यसलाई निरन्तरता दिनका लागि एमालेको विजय आवश्यक रहेको बताए । सुखी नेपाली, समृद्ध नेपाल बनाउने एमालेको अभियानमा जनताको साथ प्राप्त हुने गुरुङले बताए । सो क्रममा मतदाताले तनहुँमा एमालेको नेतृत्वमा विकासले फड्को मारेको भन्दै फेरि पनि एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker