प्रेस काउन्सिलद्वारा १६ वटा युट्युव च्यानललाई कारबाहीका लागि सिफारिस (कुन कुन परे ?)

प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ ।

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरुको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिन लगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४) र ४ (९)को ठाडो उल्लंघन भएको छ ।

कारबाहीका लागि सिफारिसमा परेका युट्युव च्यानलहरु

१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव र्राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३. डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. रातोपाटी मिडिया

प्रेस काउन्सिल नेपालद्वारा जारी विज्ञप्ति

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker