तनहुँका १५७ सामुदायिक वनमा आगलागी

भञ्ज्याङ समाचारदाता/तनहुँ

यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उहाँले बताउनुभयो ।
बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।
प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ । उहाँले भन्नुभयो, “वनमा डढेलो लगाउँदा बन्ने खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।”
कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ । वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोटबिरुवा लगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker