तनहुँ उद्योग वाणिज्य संघको १८औं महाधिवेशन

दमौली : तनहुँ उद्योग वाणिज्य संघले ४०औं वार्षिक साधारण सभा एवं १८औं महाधिवेशन आइतबारबाट दमौलीमा सुरु गरेको छ । संघको साधारण सभा तथा महाधिवेशनको एक कार्यक्रमका बीच शुभारम्भ गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको वर्तमान समस्या समाधानका लागि सहकार्य गरी अगाडि बढ्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।

पछिल्ला घटनाक्रमले मुलुक अहिले आर्थिक मन्दिको चपेटाबाट गुज्रिरहेको चर्चा गर्दै उनले भने, ‘वर्तमान सरकारले व्यवसायीहरुसंग समन्वय नगरी अगाडि बढ्दा मुलुक उद्योगधन्दा धरासायी बन्दै जानुका साथै बेरोजगारीको दर पनि बढ्दै गएको छ । बैंकमा ठूलो रकम जाम भएर बसेको र व्यवसायीले ऋण लिएर लगानी गर्ने वातावरण पनि रहेको छैन ।’

‘अघिल्लो सरकारले व्यवसायीहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्दा व्यवसायीहरुलाई सहज भएको थियो’, उनले भने, ‘अलिको अन्तरिम सरकारले त्यो खालको वातावरण पनि बनाउन नसकेको र नीजि क्षेत्र आक्रमणको निशानामा पर्दा व्यवसायी पलायन हुने अवस्था सृजना बनेको छ ।’

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल, संघ संगठनका प्रमुख एवं प्रतिनिधि, उद्योगि व्यवसायीहरुले आ–आफ्ना विचार व्यक्त गरेका थिए । सोही अवसरमा संघले जिल्लाका उत्कृष्ट कृषक तथा व्यवसायीहरुलाई नगदसहित सम्मान गरेको थियो ।

यस्तै, अधिवेशनले संघको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने गरी व्यवसायीहरु लागि परेका छन् । सहमति नजुटेमा आगामि बुधबार निर्वाचन गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker