भानुमा एचपीभी खोपसम्बन्धी अभिमुखीकरण, २४४ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य

भानु : तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि एचपीभी खोप अभियानसम्बन्धी लघु अभिमुखीकरण कार्यक्रम गरेको छ ।

शुक्रबार नगरपालिका सभाहलमा आयोजित “एचपीभी खोप अभियानमा विद्यालयको भूमिका” विषयक कार्यक्रममा भानु नगरपालिका स्वास्थ्य सेवा शाखाका जनस्वास्थ्य निरीक्षक सुभास रेग्मीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगरका ४७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल, जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराई, प्रशासकीय अधिकृत कृपाहरी लौडारी तथा सहायक शिक्षा अधिकृत श्रीकृष्ण त्रिपाठीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरिरहेको सन्दर्भमा विद्यालयको सक्रिय भूमिका सुनिश्चित गर्न अभिमुखीकरण गरिएको जनाइएको छ ।

नगरपालिकामा आगामी फागुन ४ र ५ गते खोप अभियान सञ्चालन हुनेछ । फागुन ४ गते सम्बन्धित विद्यालयका कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्षमुनिका र यसअघि खोप नलगाएका बालिकालाई विद्यालयमै खोप प्रदान गरिनेछ । फागुन ५ गते छुटेका बालिकाले नजिकको स्वास्थ्य चौकीमा गई खोप लिन सक्ने व्यवस्था गरिएको छ । विशेष कारणवश खोप लिन छुटेमा एक साताभित्र पुरनडिहीस्थित नगर अस्पतालमा गई खोप लगाउन सकिने जानकारी दिइएको छ ।

खोप लगाइसकेपछि सम्बन्धित विद्यालयले विवरण आफ्ना–आफ्ना विद्यालयको आईइयमआईयस प्रणालीमा अद्यावधिक गर्नुपर्ने जनाइएको छ । यस वर्ष भानु नगरपालिकामा २४४ जना किशोरीलाई एचपीभी खोप प्रदान गर्ने लक्ष्य रहेको छ ।

नगरपालिकाले सम्बन्धित उमेर समूहका बालिकाहरूलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन तथा आवश्यक सहजीकरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक वर्गसँग अनुरोध गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker