व्यास नगर साइनिङ स्टारको ९औं सिजनको टप २० प्रतियोगी छनौट

व्यास नगर साइनिङ स्टारको ९औं सिजनको टप २० प्रतियोगी छनौट गरिएको छ । साउन १२ र १३ गते सम्पन्न अडिसनबाट टप २० बालबालिका छनौट गरिएको हो ।

बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा व्यास नगर साइनिङ स्टारले पहिचान स्थापित गरेको जेसीआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले बताए । उनका अनुसार यसअघि नगर क्षेत्रका ९–१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकामा यस वर्षदेखि १०–१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराइएको छ ।

अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने श्रेष्ठले बताए । उनले भने, ‘एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभाले व्यास नगर साइनिङ स्टारको उपाधी हात पर्ने छ ।’

व्यास नगर साइनिङ स्टार–२०२३ को उपाधि जित्नेलाई २५ हजार २३ रुपैयाँ नगद, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । त्यस्तै, फस्ट रनर अपलाई १५ हजार २३ रुपैया नगद र सेकेण्ड रनर अपलाई १० हजार २३ रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्मार्इल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वार्इस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने छ । यी १० विधामा उत्कृष्ट हुनेलाई जनही २ हजार रुपैयाँ र आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको अध्यक्ष राजु रानाले बताए । व्यास नगर साइनिङ स्टार–२०२३ को फाइनल भदौ १५ गते हुने आयोजकले बताएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker