बालबालिकाको पोषण लेखाजोखा कार्यक्रम

तनहुँको भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले आयोजना गरेको पोषण लेखाजोखा कार्यक्रममा सहभागि भएका बालबालिका । स्वास्थ्य केन्द्रको परिसर र वडा नं. ६ अन्तर्गतका सम्पूर्ण विद्यालयमा पुगेर वैशाख महिनामा दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा बालबालिकाको तौल, उचाइ तथा पोषण अवस्थाको परीक्षण गरिएको थियो। परीक्षणबाट कुपोषणको जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक परामर्श तथा थप उपचारका लागि अभिभावकलाई जानकारी गराइएको स्वास्थ्य केन्द्रले जनाएको छ। स्वास्थ्यकर्मीहरूले बालबालिकाको सन्तुलित आहार, सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे अभिभावकलाई सचेतनामूलक जानकारी समेत दिएका थिए । तस्विर : भञ्ज्याङ










