एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको दशौं अधिवेशन, अध्यक्षमा मनमाया

दमौली : समाजसेवी तथा प्रगतिशील चिन्तक स्व. एकदेव आलेको स्मृति र विचारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान’को दशौँ अधिवेशन सम्पन्न गरिएको छ । अधिवेशनबाट मनमाया श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन् ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्व. एकदेव आलेले समाज परिवर्तन, राजनीतिक चेतना अभिवृद्धि तथा जनअधिकारको पक्षमा पु¥याउनुभएको योगदान प्रेरणादायी रहेको बताए ।

उनले लोकतन्त्रको सुदृढीकरण, सुशासन र समावेशी विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै प्रतिष्ठानले समाजमा सकारात्मक चिन्तन र सामाजिक जागरण फैलाउने कार्य गरिरहेको उल्लेख गर्दै युवापुस्तालाई सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिक्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, तनहुँ जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपाका केन्द्रीय सदस्य राजेन्द्रकेसरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा -एमाले) तनहुँका अध्यक्ष हरिराज कडेल तथा प्रतिष्ठान बुटवल शाखाका अध्यक्षलगायत वक्ताहरूले स्व. एकदेव आलेको व्यक्तित्व, सामाजिक योगदान, राजनीतिक सक्रियता र वैचारिक स्पष्टताबारे चर्चा गरेका थिए ।

स्व. आले सामाजिक तथा राजनीतिक क्षेत्रमा स्पष्ट विचार, जनपक्षीय आवाज र सामाजिक न्यायका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन । उनले विशेषगरी पिछडिएका समुदायको हकअधिकार, सामाजिक चेतना अभिवृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गरिएको थियो । उनका विचार र योगदानलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यले प्रतिष्ठानले विभिन्न सामाजिक, वैचारिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष सिग्देलले बताए ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा सिर्जना सिक्देल र माधवप्रसाद अधिकारी, महासचिवमा नेत्रनारायण रानाभाट, सचिवमा मदन तिमल्सेना, पुष्पलाल श्रेष्ठ र शिव सदाशंकर तथा कोषाध्यक्षमा डम्बर विक निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा ऋषिराम भुषाल, ताराराम श्रेष्ठ, रामचन्द्र अधिकारी, सीता कैनी, शिवदत्त पण्डित, दीपक खाती, कल्पना घिमिरे, कला पुन, अमृत थापा, रेवतराज राउल, मनिमा राई, भरत केसी, लक्ष्मण अधिकारी, तुलबहादुर सुनार र गोपाल सुर्खाली निर्वाचित भएको बताइएको छ ।

प्रतिष्ठानको लेखा संयोजकमा सूर्यभक्त पौडेल तथा लेखा सदस्यहरूमा निर्मल पण्डित र तुलसी पाण्डे सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रतिष्ठानका पूर्व अध्यक्ष एवं निर्वाचन मण्डलका अध्यक्ष श्रीराम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker