ग्वास्लुङ्गमा नियमित खोप तथा पोषण प्रवर्द्धन कार्यक्रम

ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिका–२ ग्वास्लु स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले नियमित मासिक खोप सेवा तथा सरसफाइ प्रवर्द्धन कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वास्थ्य आमा समूहको बैठकमा बालबालिका तथा गर्भवती महिलाको पोषण सुधारका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो ।
स्वास्थ्य संस्थाले ६ महिनादेखि २ वर्ष मुनिका बालबालिकालाई ‘बाल भिटा’ वितरण गर्ने तथा आमाबुबालाई यसको प्रयोगबारे जानकारी गराइएको थियो । स्वास्थ्यकर्मीका अनुसार बाल भिटा दैनिक एक पुरिया थप खानामा मिसाएर खुवाउनु पर्ने हुन्छ, जसले बालबालिकाको पोषण स्तरमा सुधार ल्याउन मद्दत गर्छ ।
कार्यक्रममा गर्भवती महिलाहरूको पोषण अवस्था जाँच गर्नुका साथै २ वर्ष मुनिका बालबालिकाहरूको तौल मापन तथा मध्य पाखुराको नाप लिई पोषण स्तरको मूल्याङ्कन गरिएको थियो ।
उक्त अवसरमा आमाहरूलाई बालबालिकाको पोषण सुधारमा थप ध्यान दिन, सरसफाइमा विशेष ख्याल राख्न, र नियमित खोप लगाउन प्रेरित गरिएको थियो । स्थानीय स्वास्थ्यकर्मीहरूले सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउँदै, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमले ग्वास्लुङ्गका स्थानीय बासिन्दाहरूमा स्वास्थ्यप्रति सचेतना बढाउने र कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker