थानीमाई मन्दिरमा बत्ती बाल्दै

तनहुँको भानु नगरपालिका–७ वसन्तुपरस्थित थानीमाई मन्दिरमा कातिक महिनाको तेश्रो सोमबार साँझ बत्ती बाल्ने तयारी गर्दै श्रद्धालु महिलाहरु ।

आफ्नो मानेकाङ्क्ष पराहोस भन्दै सोमबार रातभर जाग्राम बसी मन्दिर प्राङ्गणमा बत्ती बालेर ज्ञमंगलबार बिहान थानीमाई मन्दिरमा पूजाअर्चन गर्ने गरिन्छ ।

यस्तै सोमबार राती भक्तजनहरुले आफ्नो भाकाल/मनोकाङ्क्ष पुरा भएको भन्दै घरघरमा सोमबार राती भक्तिभावपूर्वक सत्यनारायणको पूजाअर्चना गरी मंगलबार बिहान पञ्चेबाजा/भजनकृतन गर्दै फूलको डोली लिएर थानीमाई मन्दिरमा पूजाअर्चना तथा चढाउन ल्याउने गरिन्छ ।

तस्विर : मनोजकुमार श्रेष्ठ/भञ्ज्याङ










