भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य

दमौली : भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो

भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो । भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको छ ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणहरुको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार व्यवसायको प्रवर्द्धन हुने अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा सहयोग पुग्छ । त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker