सरकारको प्रवृत्तिको विरोधमा कांग्रेस तनहुँले विरोध गर्ने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेस तनहुँले सरकारविरुद्ध मंसिर २९ गते दमौलीमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले यस दिन देशैभर विरोध सभा गर्दै छ । यसै सन्दर्भमा कांग्रेस तनहुँले पनि सदरमुकाम दमौलीमा विरोध सभा गर्ने तयारी गरेको हो । विरोध सभाका विषयमा जानकारी गराउने उद्देश्यले शनिवार पत्रकार सम्मेलन गरी केन्द्रिय कार्यसमितिको आहृवानमा जिल्ला स्थित १० वटै स्थानीय तहका नेता कार्यकर्ताको सहभागीतामा विरोध सभा लागिएको तनहुँका कार्यवाहक अध्यक्ष जितप्रकाश आलेले बताए ।

सरकारले प्रतिपक्षीलाई पटक पटक गरेको दमनकारी व्यवहार, विभेद र पक्षपातको विरोधमा सर्वसत्तावाद विरुद्ध विरोध सभा आयोजना गरेको आलेले बताए । शक्तिको दुरुप्रयोग गरी लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको पार्टीलाई सरकारले पटक पटक आक्रमण गरेको आलेले आरोप लगाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेले वर्तमान सरकारको आन्तिरक विवादका कारणले बिचमै संसद अन्त्य भएको भन्दै हाम्रो विरोध संसदको सञ्चालन र अधिनायकवादको विरुद्धमा भएको जनाए । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता बमोजिम काम गरेको छैन जसकारण मुलुकमा अहिले राजा आउ देश बचाउका नारा गुञ्जिन पुगेको सभापति न्यौपानेले बताए ।

सरकारको प्रवृत्ति अहिले प्रतिगमनकारी तत्वहरुलाई प्रोत्साहन गर्ने खालको भएको चर्चा गर्दै न्यौपानेले यसको विरुद्धमा प्रत्येक सचेत नागरिक लाग्नुपर्ने बताए । मंसिर १७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जिल्लाका नेता कार्यकर्ता माथि प्रशासनले गरेको व्यवहारको प्रसंग जोड्दै न्यौपानेले भने पुल उद्घाटनको विषय समान्य हो तर प्रवृत्ति गलत थियो अहिलेको हाम्रो विरोध पनि त्यही प्रवृत्ति विरुद्ध नै हो ।

त्यस्तै देशभरि एकसाथ विरोध सभा गर्नुको अर्को उद्देश्य पार्टी भित्र एकता र हार्दिकता कायम गर्न पनि भएको पार्टी सचिव विश्व बास्तोलाले बताएका छन् । भ्रष्टाचारीको संरक्षणमा सक्रिय सरकारको सबै स्तरबाट विरोध हुन आवश्यक रहेको समेत उनले बताए । दमौलीमा हुने विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सम्बोधन गर्ने र उक्त सभामा जिल्लाका करिब १० हजार कार्यकर्ता उतार्ने तनहुँ कांग्रेसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker