१७ पिन्ट रगत संकलन

दमौली : “म बदलिएँ, मेरो देश बदलिनेछ” भन्ने नारा सहित प्रदेश अस्पताल दमौलीमा रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा १७ पिन्ट रगत संकलन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा रगतको तत्काल आवश्यकता देखिएपछि युवा सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदिप)को नेतृत्वमा दमौलीस्थित अनसन चौतारीमा शनिबार बिहान रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा व्यास नगरपालिका–३ का वडा अध्यक्ष अनुप रानाले रक्तदानजस्ता मानवीय कार्यहरूले समाजमा एकताको भावना जगाउने र युवालाई सामाजिक जिम्मेवारीतर्फ प्रेरित गर्ने बताएका छन् ।
रगत संकलनपछि अभियन्ता गफ्फारले रक्तदानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, आकस्मिक अवस्थामा अन्य दाताहरू पनि तयार रहने व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नियमित रक्तदानले अरूको ज्यान बचाउन मद्दत पु¥याउने र समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन् ।










