आदिकवि भानुभक्त क्याम्पसमा सहिद स्मारक र हरियाली पार्क शिलान्यास

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस स्थित सहिद चन्द्र नेपाली छात्रवासको प्राङ्गणमा सहिद स्मारक र हरियाली पार्कको सोमवार शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त स्मारक सहितको पार्कको प्रदेश सभा सदस्य डोवाटे वि.क.ले शिलान्यास गरेका हुन् ।

२००७ माघ २ गते जनक्रान्तिमा लाग्दा तत्कालिन राणा शासकहरुबाट बन्दिपुर स्थित कैदखानबाट निकालिएर राती गोलीहानि क्रुरतापुर्वक मारिएका तनहुँसुरवासि सहिद चन्द्रवहादुर नेपाली (सार्की) को अर्धकदको शालिक उक्त स्मारकमा राखिने भएको छ ।

छात्रावास व्यावस्थापन समितिका अध्यक्ष केश वहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरका प्रथम नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेना लगायतले सहिदका योगदान, छात्रावासको आवश्यकता र निर्माण चरणका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

क्याम्पसको उक्त छात्रवासमा हाल ३० जना विद्यार्थिहरु वसोवास गर्दै आइरहेका छन । उनिहरुले प्रतिमहिना १ हजार शुल्क छात्रावासलाई बुझाउने गर्दछन । खाना खाजाको खर्च भने उनिहरु आफैले वेहोर्ने क्याम्पसले जनाएको छ ।

असाहयको हकमा छात्रावास आवास र खाना खाजा खर्च र पढाइ शुल्क छात्रावासकोष र क्याम्पस कोषले बेहोर्दै आएको सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी गराए । निर्माण प्रारम्भ भएको १९ वर्षपछि ०७५ साल मंसिरदेखि छात्रावास संचालनमा ल्याइएको र प्रदेश सांसद वि.क.ले उक्त छात्रावास निर्माणमा करिव ६५ लाख खर्च भएको बताए ।

क्याम्पसमा अध्यनरत करिव २ हजार ४ सय विद्यार्थीहरु मध्य गोरखा, लमजुङ लगायत बाहिरि जिल्ला र तनहुँका दुर्गम स्थानबाट क्याम्पसमा अध्यन गर्न आउने विपन्न वर्गको करिव ५ सय विद्यार्थीहरुको छात्रावासको माग रहेको क्याम्पसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker