अर्थ
-
गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल, धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित
गण्डकी : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल…
पुरा पढ्नुहोस -
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको…
पुरा पढ्नुहोस -
कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री…
पुरा पढ्नुहोस -
नौ किलोको एउटै काउली
गोरखा : गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र…
पुरा पढ्नुहोस -
कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु
कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले…
पुरा पढ्नुहोस -
बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी
मध्यविन्दु (नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ । रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले…
पुरा पढ्नुहोस -
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी…
पुरा पढ्नुहोस -
तनहुँको देवघाटमा एउटै वडाबाट करिब तीन करोड रुपैयाँको सुन्तला उत्पादन
तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्षपनि रु तीन करोड बराबरको सुन्तला बिक्री…
पुरा पढ्नुहोस -
तनहुँमा निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै
तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । आयोजनाका विभिन्न संरचनाका…
पुरा पढ्नुहोस -
तनहुँ म्याग्दे उमाचोकका विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गर्नुभएको छ । उहाँले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गर्नुभएको हो । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उहाँले नै ठेक्कामा खरिद गर्दै आउनुभएको छ ।…
पुरा पढ्नुहोस