यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।

चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।

यसवर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । “धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटनप्रति हेक्टर पुगेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।”

चाल आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा चार दशमलव ४३ मेट्रिनटन प्रति हेक्टरसहित अग्र स्थानमा र मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा रहेको छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो ।

सातवटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागत रुपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker