स्वास्थ्य/जीवनशैली
-
बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा
डुम्रे : बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले वडा नं. १ को डुम्रेस्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरेको छ। उक्त शिविरमा ३० जना महिला र २ जना पुरुष गरी ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले चैत महिनाभर विभिन्न सरकारी स्वास्थ्य…
पुरा पढ्नुहोस -
तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती
दमौली : तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा…
पुरा पढ्नुहोस -
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा मातृत्व कक्ष निर्माण गर्न लागिएको…
पुरा पढ्नुहोस -
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य…
पुरा पढ्नुहोस -
पालोको पर्खाइ
तनहुँको भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसंग बुधबार स्वास्थ्य परीक्षणका लागि पालोको पर्खाइमा बसेका स्थानीय सेवाग्राहीहरु । भिमाद नगरका बासिन्दाहरु स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा सेवाग्राहीको चाप बढ्दो
तनहुँ : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा सेवा लिने सेवाग्राहीको चाप बढ्दै गएको छ। चिकित्सलयबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त संख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त ओपीडी सेवामा उल्लेख्य सहभागिता
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त समयको ओपीडी सेवामा सेवाग्राहीको सहभागिता उल्लेख्य रहेको छ । अस्पतालले शुक्रबार सर्वाजनिक गरेको पुस महिनाको तथ्याङ्कमा एक हजार आठ सयभन्दा बढी सेवाग्राहीले ओपीडी सेवा लिएका छन् । अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा कुल १ हजार ८५१ जना बिरामीले ओपीडी…
पुरा पढ्नुहोस -
बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बुधबार बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् । २८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा भएको शिशुको अवस्थाका विषयमा जानकार…
पुरा पढ्नुहोस -
सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी
पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्ने यो रोग महिलाको…
पुरा पढ्नुहोस -
बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम
गण्डकी : अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार गण्डकीमा पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर प्रतिहजार जन्ममा २० जना रहेको पाइएको छ । उक्त सर्वेक्षणको नजिताअनुसार सबैभन्दा बढी सुदूरपश्चिममा प्रतिहजार जन्ममा पाँच वर्षमुनिका…
पुरा पढ्नुहोस