मालपोत तनहुँका पहिलो सेवाग्राहीलाई सम्मान

दमौली : निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय तनहुँले आज पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालय पहिलो सेवा लिन आउने भानु नगरपालिका–११ का दीपबहादुर थापालाई कार्यालयले फूलको गुच्छा सहित सम्मान गरेको हो ।

घरायासी कामका लागि ऋण लिन भानुस्थित जनज्योति बचत तथा ऋण सहकारी संस्थाबाट धितो पासका लागि थापा मालपोत कार्यालय आएका थिए । सम्मानित भएपछि थापाले सरकारी कार्यालयबाट छिटो छरितो सेवा पाउनुपर्ने उल्लेख गरे ।

मालपोत कार्यालय प्रमुख केशव सुवेदीले सरकारी तथा सार्वजनिक निकायले सेवाग्राहीलाई सम्मानपूर्वक सेवा दिनुपर्छ भन्ने सन्देश दिन पहिलो सेवाग्राहीलाई सम्मान गरिएको बताए ।

“सार्वजनिक निकायका लागि सेवाग्राही नै सबैकुरा हुन भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ”, उनले भने, “कार्यालयमा आएका सेवाग्राहीलाई निजामती कर्मचारी तथा सेवाग्राहीको सुमधुर सम्बन्धले मात्रै सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन्छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker