आँबुखैरेनीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब १२ः२० बजेको समयमा चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नं.को ईभी माईक्रोबसले नियन्त्रण गुमाएर सडक छेउको भित्तामा ठोक्किँदा र त्यहाँ रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा.१ ञ १२८७ नं.को सवारीसँग ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी भरतपुर–१६ की ५५ वर्षीया बुध माया तामाङको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर माईक्रोबसमा सवार लमजुङ बेसिशहर–८ का ४२ वर्षीय चालक ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर–१६ की ४५ वर्षीया सान्ता माया तामाङ, ४८ वर्षीया कमई तामाङ, होम कुमारी तामाङ, गंगा बहादुर तामाङ, डोलराज तामाङ, गंगा तामाङ, मैती माया तामाङ, इन्द्र कुमारी तामाङ, गम माया तामाङ, मंगली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ गरी १३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker