अविरल वर्षाले बन्दीपुरमा एक घरमा क्षति

दमौली : अविरल वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिका–२ मा एक घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार राती परेको अविरल वर्षाले स्थानीय ७५ वर्षीय बेलबहादुर केसीको एकतले कच्ची घरको पश्चिम र दक्षिणतर्फको भाग भत्किएको हो ।
मंगलबार बिहान १० बजे घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । घरमा भने भौतिक क्षति पुगेको छ ।










