सशस्त्र प्रहरीको स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता
भञ्ज्याङन्यूज

सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज बिच स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण कुमार शर्मा र गण्डकी मेडिकल कलेज नयाँबजार पोखराका प्रिन्सिपल डा. रविन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा गण्डकी प्रदेशमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रति परिवारजनहरुलाई विभिन्न स्वास्थ्य सेवाहरुमा १५ प्रतिशतदेखि सम्पूर्ण स्वास्थ्य सुविधाहरुमा छुट उपलब्ध गराउने विषयमा बुधबारबाटै लागु हुने गरी सम्झौता गरिएको छ ।










