सामाजिक विकास कार्यालय तनहुँद्वारा १२ वटा साना योजना सम्पन्न

सामाजिक विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गरेका ४७ योजनामध्ये १२ योजना सम्पन्न गरेको छ । कूल योजनामध्ये ३२ वटा योजना सम्झौता भएका थिए ।

सम्पन्न भएका योजनाको भुक्तानी भइसकेको छ । बाँकी १५ वटा योजना सम्झौता हुन बाँकी रहेको सामाजिक विकास कार्यालय प्रमुख विक्रम सुवेदीले बताए ।

उनका अनुसार बार्षिक योजना अन्तर्गत १४ र राष्ट्रिय खेलकूद परिषदका एक गरी १५ योजना सम्झौता हुन बाँकी छन् । सम्पन्न भएका योजना अन्तर्गत विद्यालय, मन्दिर, सामुदायिक भवन, धार्मिक, साँस्कृतिक र खेलकूद क्षेत्रका पूर्वाधार मर्मत तथा निर्माण गरिएको छ ।

त्यसैगरी विपदजन्य घट्नाका कारण विद्यालयमा पुगेको क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन शैक्षिक कार्यक्रम अन्तर्गत सात वटा योजना सम्झौता भई निर्माण प्रक्रियामा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय खेलकूद परिषद् अन्तर्गत दुइ योजनामध्ये एउटा सम्झौता भई काम सुरु भएको र एउटा सम्झौता हुन बाँकी रहेको उनले बताए । कार्यालयको पूँजीगततर्फ रु पाँच करोड ७५ लाख बजेट रहेको छ । व्यास-१ निर्मल माध्यमिक विद्यालयको भवन तथा प्रयोगशाला निर्माणका लागि रु तीन करोड बजेट विनियोजन भई निर्माण भइरहेको छ ।

कूल बजेटको करिब ५२ प्रतिशत बजेट उक्त विद्यालयको संरचना निर्माणमा खर्च भएको प्रमुख सुवेदीले बताए । चालु आवमा काम सम्पन्न गर्न अधिकारी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । हालसम्म उक्त भवनको ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीका प्रोपाइटर पंकज अधिकारीले जानकारी दिए ।

चालुतर्फ जिल्लामा रु ७५ लाख बजेट बिनियोजन भएको सो कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker