कालिका मन्दिर क्षेत्रमा डस्बीन राखियो

भञ्ज्याङ न्यूज

सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँ दमौलीले व्यास-४ स्थित रहेको कालिक मन्दिर परिसरमा फोहोर फाल्ने डस्बीन राखेको छ । व्यास नगरपालिकाको सहयोगमा क्लबले शनिबार एक कार्यक्रम गरी १० वटा डस्बिन राखेको हो ।

कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक कार्यमा युवाहरुको सक्रियता रहनु राम्रो रहेको बताए। उनले भने, ‘समाजलाई सहि दिशा तर्फलैजान युवाहरुले ठूलो भूमिका खेल्न आवश्यक छ । क्लबले यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक छ ।’

पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्य रुपमा कालिका मन्दिर परिचित रहकाले फोहोर मैला व्यवस्थापनको लागि स्ट्यान्ट सहितको डस्बीन राखिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । सोही दिन मन्दिर परिसरमा सरसफाई पनि गरिएको थियो । क्लबले केही डस्बिन व्यास-३ स्थित अनसन चौतारीमा पनि राखेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker