तनहुँका करिब १९ हजार बालबालिकालाई दादुरा रुबेला रोग विरुद्ध खोप लगाइदै

भञ्ज्याङन्यूज

तनहुँमा दादुरा रुबेला रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले फागुन १५ देखि २७ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागेको हो ।

जिल्लाका १० वटै पालिकाका ८५ वटा वडामा खोप अभियान सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको स्वास्थ्य कार्यालय तनहुँले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जिल्लामा दुइ चरणमा अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले बताए ।

उनका अनुसार फागुन १५ देखि १९ गतेसम्म व्यास नगरपालिका, देवघाट, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा पहिलो चरणमा अभियान सञ्चालन गरिने भएको छ भने फागुन २२ देखि २७ गतेसम्म भानु, शुक्लागण्डकी, भिमाद नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा दोस्रो चरणमा अभियान संचालन गरिने भएको छ ।

अभियानमा जिल्लाका २३८ वटा खोप केन्द्र बाट २३८ जना स्वास्थ्यकर्मी, ४७६ जना स्वयंसेवक र दश वटै पालिकामा एक जना विशेषज्ञ डाक्टर सहभागी हुने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । अभियानका क्रममा ९ महिनादेखि ५ वर्ष मुनिका करिब १९ हजार १३३ जना बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

यस्तै, उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख वासुदेव थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धव राज कंडेल, आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. नारायण श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, दमौली अस्पतालका मेडिकल अधिकृत डा. विपना गुरुङ, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतले दादुरा रुवेला खोप अभियानलाई स्थानीय तथा अन्य सरोकारवाला निकायले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker