शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी दर्ता

शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी दर्ता

शिक्षक संघ तनहुँको अध्यक्ष पद दाबा गर्दै छ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था शिक्षक संघको अधिवेशन अन्तर्गत आइतबार मनोनयन दर्ताको समयभित्र छ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षका लागि रमेशबाबु भट्टराइ, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट, चन्द्रमणि कोइराला र रसामाया गुरुङको उम्मेदवारी दर्ता भएको बताइएको छ ।

यस्तैको संघको महिला उपाध्यक्षमा लक्ष्मी मल्ल र शान्ता बास्तोलाको उम्मेदवारी दर्ता भएको छ भने खुल्ला उपाध्यक्षका लागि रामदत्त पौडेल, अशोकचन्द्र वाग्ले र शिवलाल पन्थको उम्मेदवारी दर्ता भएको बताइएको छ ।

खुल्ला सचिवका लागि दिपक न्यौपाने र नरेन्द्र न्यौपाने, अर्थ सचिवका लागि राजु ढकाल र कृष्णप्रसाद तिवारी, सहसचिव खुल्लाका लागि विजयराज खनाल, दयाराम कट्टेल, गोविन्द खड्का खेमराज रेग्मी, अर्थ सहसचिवका लागि रिसीमाया राना मगर, महिला सहसचिवका लागि शारदा अधिकारी, समावेशी सहसचिवका लागि विष्णुप्रसाद श्रेष्ठ, नन्दबहादुर थापा, महेन्द्रकुमार श्रेष्ठ र तुलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार उपर दावी विरोध फागुन २२ गते बिहान १० बजेदेखि ११ बजेसम्म, दावी विरोध उपर छानबिन सोही दिन ११ बजेदेखि २ बजेसम्म, दावी विरोधपश्चात् पुनः उम्मेदवारको नामावली प्रकाशन दिउँसो २:१५ बजे, उम्मेदवारी फिर्ता ३ बजेसम्म रहेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ५ बजे र नयाँ नेतृत्व चयनका लागि फागुन २४ गते मतदान हुने हुने निर्वाचन समितिले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker